You are viewing the translated version of सेवा प्रवाह गर्ने निकायको जिम्मेवारीः.

Rule 24B
सेवा प्रवाह गर्ने निकायको जिम्मेवारीः
(१) नियम २५क. . बमोजिम नागरिक एप सञ्चालन तथा व्यवस्थापन गरी सेवाग्राहीलाई सेवा प्रदान गर्ने सम्बन्धमा सेवा प्रवाह गर्ने निकायको जिम्मेवारी देहाय बमोजिम हुनेछः-

(क) सेवाग्राहीले प्रचलित कानून बमोजिम आफैं उपस्थित भई सेवा प्राप्त गर्नुपर्ने भएकोमा बाहेक नागरिक एप मार्फत सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकता दिने,

(ख) विद्युतीय प्रणालीवाट प्रवाह हुने सेवालाई नागरिक एपमा आवद्ध भएको व्यक्तिले चौबिसै घण्टा प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने,

(ग) आफ्नो विद्युतीय सूचना प्रविधि प्रणालीलाई दुरुस्त राखी नागरिक एप मार्फत प्राप्त आवेदन रुजु तथा जाँचबुझ गर्ने,

(घ) खण्ड (ग) बमोजिम रुजु तथा जाँचबुझ गर्दा थप विवरण आवश्यक पर्ने भएमा सोको जानकारी नागरिक एपमा आवद्ध भएको व्यक्तिलाई दिने,

(ङ) नागरिक एपमा आवद्ध हुने प्रणालीको नियमित रुपमा प्राविधिक परीक्षण गरी देखिएका समस्या समाधान गर्ने,

(च) नागरिक एप मार्फत प्रवाह हुने सेवा नियमित, भरपर्दो, गुणस्तरीय र पहुँचयोग्य बनाई सेवा प्रवाह गर्ने, (छ) नागरिक एप मार्फत आवेदन प्राप्त भएको विषयको -प्रगति विवरणको विषयमा सोही एप मार्फत आवेदकलाई सूचना दिने,

(ज) नागरिक एपमा आवद्धता तथा सञ्चालनका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको निर्देशन बमोजिमका कार्य गर्ने।

(२) सेवा प्रवाह गर्ने निकायले नागरिक एपमा रहेको सम्बन्धित व्यक्तिको पहिचान हुने परिचयपत्र, प्रमाणपत्र वा अन्य विवरणलाई आधार मानी सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्नेछ।

(३) सेवा प्रवाह गर्ने निकाय तथा नियम २५क.: को_ उपनियम (११) बमोजिमको निकायले नागरिक एपको माध्यमबाट सेवा प्रवाह गर्दा प्रचलित कानून बमोजिम नागरिकको वैयक्तिक विवरण तथा निजले उपभोग गरेका सेवा सम्बन्धी विवरणको गोपनीयता कायम गर्नु पर्नेछ ।